MONDAY OCT 13, 2025

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. भरत खत्री

२८ साउन, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा. भरत खत्री दोहोरिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्राध्यापक डा. भरत खत्री उपकुलपति नियुक्त गरेका हुन् ।

डा. खत्रीले आफ्नो चार वर्षीय कार्यकाल पूरा गरेर निमित्त उपकुलपतिका रूपमा काम गर्दै आएका थिए ।

उपकुलपति सिफारिसका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

यस अघि उक्त समितिले छ जनाको संक्षिप्त सूची प्रकाशित गरेको थियो ।

सत्ता साझेदारसँगको भद्र सहमति अनुसार एमालेको भागमा परेको प्रतिष्ठानमा प्रा.डा. चण्डिका पण्डित, प्रा.डा. भरतबहादुर खत्री, प्रा.डा. नारायणसिंह गुरुङ, प्रा.डा. अर्जुन आचार्य, प्रा.डा. विधानिधि पौडेल र प्रा.डा. माया लामा रहेका थिए ।

Facebook Comments