विष्णु माझीको म त नराउरी तीजगीत सार्वजनिक

२८ साउन, स्याङ्जा। गायिका विष्णु माझीको म त नराउरी तीजगीत बुधवार सार्वजनिक भएको छ ।
पुतलीको भट्टी भाग २१ नाम दिइएको उक्त गीतलाई सपना म्यूजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
उक्त गीतका कोरियोग्राफर मौसम हिमालीका अनुसार, माझीको गीत मौलिक शैलीमा ६० जना कोरस डान्सरलाई लिएर बनाइएको हो ।माझीको गीतमा मोडल ललिता पौडेलको अभिनय माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ ।
पछिल्ला वर्षका तीजमा बजारमा अनेक तीजका गीत आए तापनि विष्णु माझीको गीत सुन्न दर्शक प्रतीक्षारत रहन्छन् ।
Facebook Comments