राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा राई

२७ साउन, पोखरा। राष्ट्रिय समाचार समितिको रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो ।
पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राई दुई दशकदेखि पत्रकारितामा संलग्न छन् ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेर काम गरिसकेका छन् ।
Facebook Comments