MONDAY OCT 13, 2025

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको समुद्घाटन

२६ साउन, पोखरा । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको सोमवार एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको समुद्घाटन गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउमै प्रेस रजिष्ट्रारको कार्यालय सञ्चालनमा ल्याइएको हो ।

मुख्यमन्त्री पाण्डेले प्रेस रजिष्टारको कार्यालय मुख्यमन्त्री कार्यालय बाहिर राख्न चाहेर पनि भवन उपलब्ध नभएकाले मुख्यमन्त्री कार्यालय परिसरमा राखिएको बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले प्रेस रजिष्टारको कार्यालयलाई स्वार्थ नराखीकन काम गर्न आग्रह गरे ।

प्रेस रजिष्ट्रार विमला भण्डारीले ११ जनाको दरबन्दीमा रजिष्ट्रारको कार्यालय सञ्चालनमा रहेको जानकारी दिइन् ।

Facebook Comments