Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
संगम सहकारी कास्कीमै उत्कृष्ट – Naulo Khabar
THURSDAY MAR 27, 2025

संगम सहकारी कास्कीमै उत्कृष्ट

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की जिल्लाभरमै उत्कृष्ट सहकारी भएको छ । कास्कीमा भएका ३०० भन्दा बढी बचत तथा ऋण सहकारी मध्येबाट यस वर्ष संगम सहकारी उत्कृष्ट भइ बखान सहकारी अवार्डबाट सम्मानित भएको हो ।

कास्की बचत तथा ऋण सहकारी संघको २१औं बार्षिक साधारणसभाका प्रमुख अतिथि युवा तथा साना स्वरोजगार कोषका कार्याकारी निर्देशक बिश्वमोहन अधिकारीले उत्कृष्ट भएकोमा बधाई दिदै संगम सहकारीका सचिव धनराज पुरीलाई उक्त बखान सहकारी अवार्ड हस्तान्तरण गरे ।

यस अघि पनि संगम सहकारी कास्की बचत तथा ऋण सहकारी संघबाटै कास्की जिल्लाको उत्कृष्ट ब्यवस्थापक अवार्ड, नेफ्स्कुनबाट कास्की जिल्लाको उत्कृष्ट सदस्य संस्थाको सम्मान, राष्ट्रिय सहकारी बैंकद्वारा उत्कृष्ट कारोबारी संस्थाको सम्मान लगायतका पुरस्कारबाट सम्मानित भइसकेको छ ।

नेफ्स्कुनको सहकारी स्तरिकरण गर्ने प्रोबेसन कार्यक्रममा बिगत ४ वर्ष देखि सहभागी हुँदै आएको संगम सहकारी नीति, बिधि र प्रविधिमा चलेको सहकारी हो । सुगम बचत तथा ऋण सहकारीसँगको मर्ज पछि पोखराको पालिखे चोक, महेन्द्रपुलबाट समेत सेवा दिदै आएको यस संस्थाको प्रधान कार्यालय रामबजार, पोखरा १५ मा रहेको छ ।

कुल ६१ करोडको वासलात रहेको सहकारीको कर्जा लगानी ४५ करोड छ भने सहकारीले गत आर्थिक वर्षमा जग्गा समेत खरिद गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक स्कुलको खाजा अभियानमा सहयोग, राष्ट्रिय आविष्कार केन्द्रको पि पि इ उत्पादन कार्यमा सहयोग, बृद्धाश्रममा सहयोग लगायत विभिन्न कार्यहरु गर्दै आइरहेको सहकारीले सदस्यहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउने उद्देश्यका साथ सेनिटरी प्याड बनाउने, चुरापोते बनाउने, फेब्रीकको माला बनाउने जस्ता सिपमुलक तालिम पनि दिदै आएको छ ।

Facebook Comments