WEDNESDAY JUN 13, 2018

अनेसास गण्डकीको अध्यक्षमा दुर्गा शाह ‘बाबा’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र के.सी., सचिवमा असफल गौतम, कोषाध्यक्षमा दुर्गा न्यौपाने रहेका छन् ।

यसैगरी सदस्यमा रविन्द्र माकाजु, कल्याण पन्त, सागर शाह, गोमा ढकाल, कृष्ण रानाभाट सारथि, गिता तिवारी गौतम र डा. कालु शर्मा सुवेदी रहेका छन् ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै डा. कालु शर्मा सुवेदीले साहित्य सबैका लागि उच्च दर्जाको थेरापी भएको धारणा व्यक्त गरे । नवनिर्वाचित अध्यक्षले आगामी कार्यकालमा अनेसासलाई थप उचाइमा पुर्याउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments