SUNDAY JUL 04, 2021

लायन्स क्लबका पदाधिकारीहरुलाई एकदिने प्रशिक्षण

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ बि १ नेपालको आयोजनामा लायन्स क्लबका पदाधिकारीहरुलाई पोखरामा एक दिने प्रशिक्षण सम्पन्न भयो ।

सो अबसरमा लायन बर्ष २०१८÷१९ का इलेक्ट डिस्ट्रीक्ट गभर्नर अशोककुमार श्रेष्ठले आफ्नो कार्यकालमा दिएर बाचौं भन्ने नारा ल्याएको वताएका थिए । त्यस्तै पुर्व डिस्ट्रीक्ट गर्भनरहरु युक्तप्रसाद श्रेष्ठ, योगेन्द्र प्रधान र ध्रबबहादुर थापाले नेपाल लायन्स फाउण्डेसन र कसरी उत्कृष्ठ कार्य गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

क्लबका लायन वर्ष २०१८/१९ का अध्यक्षहरुलाई युक्तप्रसाद श्रेष्ठले, प्रथम उपाध्यक्षहरुलाई डिस्ट्रीक्ट प्रथम उपाध्यक्ष इन्दु लम्सालले, सचिवहरुलाई क्याविनेट सेक्रेटरी रामबहादुर वसेलले र कोषाध्यक्षहरुलाई क्याविनेट कोषाध्यक्ष माधब बहादुर पन्त र फाइनान्सीयल एड्भाईजर पदमबन्धु पोख्रेलले छुट्टाछुट्टै रुपमा आफ्नो जिम्वेवारीको वारेमा प्रशिक्षण दिएका थिए ।

Facebook Comments