मादीमा लैंगिक सामाजिक समाबेशीकरण तालिम सुरु
कास्की जिल्लाको मादी गाउँ पालिका वडा नं. ८ को आयोजनामा भएको चार दिने महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र लैंगीक सामाजिक समाबेशीकरण जनचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
तालिममा वडा अध्यक्ष यमबहादुर गुरुङले लैंगिक जनचेतनामूलक तालीमले सर्वसाधारण जनतालाई अधिकार र समानताको ज्ञान हुने बताए । सो अबसरम मादी ८ का सचिव सरोज थापा, वडा नं ९ का सचिव ऋषिराम सुबेदी, वडा सदस्यहरु तुलप्रसाद रिजाल, कुलबीर गुरुङ, लालदेबी घले, पन्चमाया नेपालीले बोलेका थिए । तालिममा मेघा एफएम ९५.४ का पत्रकार ऋषिराम दाहाल र दरबारथोक एड्भरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक कृष्ण रानाभाटले लैंगिक समानताको बारेमा र मिजुरे स्वास्थ चौकीका इन्चार्ज दीपक ढकालले स्वास्थ सम्बन्धि तालिम दिने छन् ।
तालिममा वडा सदस्यहरु सहित नागीधार, पाखुरी कोट, रबै, पोसि र तल्लो रबै टोल बिकास संस्था, टोल सुधार समिति, युवा क्लबका सदस्य, आमा समुहका प्रतिनिधि गरि ४० जनाको सहभागीता रहेकोे थियो । वडा अध्यक्ष यमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ऋषिराम सुबेदी ले गरेका थिए ।