Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
प्रहरी हौ भनी धम्काउने ४ जना प्रहरीको कब्जामा – Naulo Khabar
SUNDAY APR 20, 2025

प्रहरी हौ भनी धम्काउने ४ जना प्रहरीको कब्जामा

पोखरा। सादा पोशाकका प्रहरी हौ भनी दोहोरी सांझमा धम्काइ हिड्ने ४ जना ब्याक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । रात्रीकालिन चेकिङ गर्ने क्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना आफै चेकिङमा हिड्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की प्रहरीको कमाण्ड सम्हाले देखि नै स्वयं आफु रात्रीकालिन चेकिङमा खटिदै आएका एसपी रानाले मंगलबार राती १० बजेको समयमा पोखराको सिर्जनाचोक स्थित बिसौनी दोहोरी सांझमा मादक पदार्थ सेवन गरी आफुहरु सादा पोशाकको प्रहरी हौ भनी धम्काएर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

दोहोरी सांझबाट प्रहरीमा फोन आएपछि रात्री कालिन चेकिङमा रहेका राना आफैले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेहरुमा कास्की धिताल का भुपेन्द्र गौतम, कास्कीकोटका शेषमणी गौतम, धितालकै सुवास गौतम र नवलपरासी घर भइ पोखरा बस्दै आएका सुदिप लम्साल रहेका छन । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रमुख रानाले वताए ।

यसैविच मंगलबार प्रहरी उपरिक्षक रानाले शाखा सडकका भित्री भागहरुमा चेकिङलाई तीब्रता दिएका छन । बाहिरी सडकमा भन्दापनि भित्री सडकहरुमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने गरेको गुनासो आएपछि एसपी राना स्वयं आफै भित्री सडकहरुमा पुगी रात्रीकालिन चेकजांचलाई कडा पारेका हुन ।

Facebook Comments