MONDAY JUN 15, 2026

वर्डप्रेस १५औं वर्षमा प्रवेश, पोखरामा मनाइयो वर्डप्रेसको भव्य वार्षिकोत्सव (फिचर सहित)

वेवसाइट बनाउन प्रयोग गरिने निशुल्क रुपमा पाइने सफ्टवेयर वर्डप्रेस शुरु भएको आज १५ वर्ष पूरा भएको छ । विश्वभर आज वर्डप्रेसको वार्षिकोत्सव विविध कार्यक्रमहरुका साथ मनाइएको छ ।

नेपालको पनि काठमाण्डौं, पोखरा तथा विराटनगरमा कार्यक्रम गरिएको छ । सो अवसरमा वर्डप्रेस पोखराले एक विशेष समारोहको आयोजना गरि वर्डप्रेसको १५औं वार्षिकोत्सव पोखरामा भव्यताका साथ मनाएको छ । वर्डप्रेस पोखरामा आवद्ध महिला सदस्यहरुद्धारा संयुक्त रुपमा केक काटेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा वर्डप्रेस पोखराका पितमबहादुर सेनले वर्डप्रेसको वार्षिकोत्सव पोखरामा पहिलो पटक मनाउन पाएको खुसी व्यक्त गर्नुभयो । वर्डप्रेस पोखराले आगामी नोभेम्बर २४ मा पोखरा पहिलो पटक नै वर्डक्याम्प पोखरा २०१८ आयोजना गर्न लागिएको जानकारी गराउदै वर्डप्रेसमा करियर बनाउन चाहने र वर्डप्रेसमा काम गरिरहेकाहरुका लागि वर्डक्याम्प निकै लाभदायक हुने बताउनुभयो । उक्त कार्यक्रमको संचालन वर्डप्रेस पोखराका सिर्जना थापाले सञ्चालन गर्नुभएको थियो ।

तस्विरहरु: सञ्जय चन्द/नौलोखबर डटकम

Facebook Comments