WEDNESDAY FEB 12, 2025

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राकै दिन संसद वैठक, उपत्यकाका सांसदहरु रुष्ट

काठमाडौं। स्थानियहरुले मानि आएको चाडपर्वमा विदा दिने परम्परालाई वर्तमान केपी ओली नेतृत्वको सरकारले कटौती पछि रातो मच्छिन्द्रनाथको जात्राकै दिन पनि संसद बैठक बोलाइएको छ।

स्थानियहरुको दवावका बीच सरकारी कार्यालयमा विदा दिइएपनि वाम गठवन्धनको हालिमुहाली रहको संसदमा भने विदा दिइएन। काठमाडौं उपत्यकामा सदयोदेखि स्थानियहरुले श्रद्धाका साथ मनाइने जात्राकै दिन स्थानिय जनप्रतिनिधीहरुलाई समेत मानमर्दन हुनेगरि संसद वैठक राखिएकोमा संसद सदस्यहरु रुष्ट रहेका छन्।

काठमाडौं उपत्यका सांस्कृतिक सहर हो। यहाँका मौलिक संस्कृतीलाई स्थानियहरुले सदियौदेखि संरक्षण र जगेर्ना गर्दै आइरहेका छन्। यसअघीका सरकार तथा संसदले पनि यसलाई सम्मान गर्दै आएकोमा यसपटक विदा कटाउने नाममा चाडपर्वमा माथि आक्रमण गर्ने काम भएको स्थानियहरुको भनाइ छ। नेवार समुदायले यो पर्वलाई उल्लासका साथ मनाउँछन्।

काठमाडौंका सांसद भिमसेनदास प्रधानले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन संसद वैठक वोलाउने काम उचित नभएको बताए। सभामुख कृष्ण वहादुर महराले आइतवार विहान ११ वजेलाई वैठक बोलाएका छन्। सांसद प्रधानले वैठक स्थगित गर्न माग गरेका छन्। उनले स्थानियको काठमाडौं उपत्यकाका सांसद तथा जनताको भावनाको सम्मान संसदले गर्नुपर्ने माग गरेका छन्।

भोटोजात्राको चलन

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा वा राष्ट्र अध्यक्ष भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ । नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन् ।

Facebook Comments