MONDAY OCT 13, 2025

ब्रम्हरुपा विद्यालयमा आधारभूत वर्डप्रेस कार्यशाला सम्पन्न

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२, राजाकाचौतारामा रहेको ब्रम्हरुपा विद्यालयमा कम्प्यूटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई एक दिने वर्डप्रेस सम्बन्धि आधारभूत कार्यशाला वर्डप्रेस पोखराको आयोजनामा शुक्रबार सम्पन्न भयो ।

सो कार्यक्रममा वेवपेज नेपालका वरिष्ठ वर्डप्रेस डेभलपर रोशन वास्तोलाले प्रशिक्षण दिएका थिए । कार्यशालामा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य दुर्गालाल पण्डित, शिक्षक शिव रामदाम, वर्डप्रेस पोखराका विनिता न्यौपाने लगायतले वर्डप्रेसको महत्व माथि आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो ।

तस्विरः सञ्जय चन्द/ नौलोखबर डटकम

Facebook Comments