WEDNESDAY SEP 23, 2026

साहित्यकार बिखर्चीको भोटेकोशीको कहर लोकार्पण

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्ती पारेर साहित्यकार सूर्य खड्का बिखर्चीको ६३ औं काव्यकृति ‘भोटेकोशीको कहर’ बुधवार लोकार्पण भएको छ ।

कृतिको लोकार्पण गर्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले नदी हाम्रो सभ्यताको केन्द्र भएकाले त्यसको संरक्षणको आवश्यकता भोटेकोशी विपत्ले देखाएको बताए ।

कृति समीक्षा गर्दै रामबहादुर बानियाँले सम्पूर्ण नेपाली मनोरञ्जन छोडेर विपत्मा सामेल भएका सन्दर्भमा स्रष्टा साधक आफ्ना सिर्जनाका माध्यमबाट सचेतना जगाउने आजको आवश्यकता स्रष्टाले पूरा गरेको धारणा राखे ।

कार्यक्रममा वरिष्ठ ज्योतिष साहित्यकार प्रा.डा. बलराम उपाध्याय रेग्मी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष लक्ष्मण थापा, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष अग्रज पत्रकार कृष्णप्रसाद बाँस्तोला, कृतिकार सूर्य खड्का बिखर्ची, कवि कमलसिंह खड्का, साहित्यकार असफल गौतम, कृति प्रकाशक अप्लाइहब एजुकेशनलका प्रताप शर्मालगायतले आ आफ्ना धारणा राखेका थिए ।

Facebook Comments