SUNDAY AUG 16, 2026

गुफा क्षेत्र संरक्षण संस्थामा एकराज नेपाली

गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था पोखराको अध्यक्षमा एकराज नेपाली चयन भएका छन् । शनिबार सम्पन्न छैंटौं अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेम तिमिल्सिना, सचिवमा ईश्वरी नेपाली, सहसचिवमा हरि बस्नेत र कोषाध्यक्षमा सुनिल बस्नेत चयन भए । यसैगरी समितिका सदस्यमा सुशान्त बस्नेत, अमर चर्मकार, नानी परियार, मनकला नेपाली निर्वाचित भएका छन् । बाँकी चार सदस्य समितिले मनोनित गर्ने अध्यक्ष नेपालीले जानकारी दिए ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पोखरा प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै यस्ता सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
गण्डकीका जनस्वास्थ्य प्रमुख रमेशराज अधिकारीले यस क्षेत्रका सम्पदाको संरक्षणमा संस्था क्रियाशील हुनुपर्नेमा जोड दिए ।

संस्थाका संस्थापक अध्यक्ष गोविन्दबहादुर बस्नेतले माथिल्लो पोखरा क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासको हेतुले संस्था गठन भएको स्पष्ट पार्दै यस क्षेत्रको पर्यटन विकासमा स्वयं पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी संस्थाको ध्यान जान नसकेको गुनासो गरे ।
संस्थाका अध्यक्ष अनिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक आईतसिंह तामाङलाई सम्मानसमेत गरियो ।
कार्यक्रममा वडा सदस्य मञ्जु बस्याल, नमुना क्लबका अध्यक्ष मिनबहादुर गुरुङ, मानव अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष दुर्गा केसी थापा, समाजसेवी कृष्णप्रसाद अधिकारी, सन्दीप थापा, पत्रकार यदुनाथ बञ्जरालगायतले महेन्द्र गुफा सौन्दर्यकरण अन्तर्गत निर्माण भएका संरचना संचालनका लागि ध्यानाकर्षण गराए ।

गण्डकी प्रदेश सरकारको करिब ८ करोड सहयोगमा विभिन्न संरचना निर्माण सम्पन्न भएको २ वर्ष सम्म पनि संचालनमा आउन नसकेकाप्रति सहभागीले असन्तुष्टि जनाएका थिए । संस्थाका उपाध्यक्ष एकराज नेपालीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव प्रेम तिमिल्सिनाले गरेका थिए ।

Facebook Comments