मिसन युएसएको नयाँ शाखा विस्तार
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
सन् २००८ मा स्थापना भई विगत लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा पहिचान बनाउन सफल कन्सल्टेन्सीको नयाँ शाखाको एक विशेष समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरेको हो ।
शाखको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा रिबन काटेर शाखाको
विधिवत् शुभारम्भ गरे।
पोखरा र समग्र गण्डकी प्रदेशका विद्यार्थीहरूका लागि यो शाखा कोशेढुङ्गा सावित हुने कार्यक्रमका वक्ताहरुले विश्वास व्यक्त गरे ।
मिशन यूएसएका संस्थापक संजय घिमिरेका अनुसार संस्थाको यो चौथो शाखा हो ।
बजारको माग र विद्यार्थीहरूको सेवालाई मध्यनजर गर्दै संस्थाले आफ्नो संजाल फैलाउने क्रममा पोखरामा पाइला टेकेको हो । यसअघि झापामा दुई र काठमाडौंमा एउटा सफलतापूर्वक सञ्चालनमा आइसकेका छन् । नयाँ सञ्चालनमा
आएको पोखरा शाखाको निर्देशक÷संयोजक किरण बानियाँले अमेरिका लगायत अन्य
देशमा पनि विद्यार्थीको चाहना अनुसार पोखराम विस्तार गरिएको बताए। कार्यक्रममा पोखरा शाखाका निर्देशक तथा व्यवस्थापक कर्णबहादुर विक, निर्देशक सावित्री केसी ले गुणस्तरिय परामर्शका लागि पोखरा आएको
बताए। कन्सल्टेन्सीले विशेषगरी अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, क्यानडा, युरोप, जापान र भारत
जस्ता प्रमुख शैक्षिक गन्तव्यहरूका लागि उच्च शिक्षा परामर्श, भिसा आवेदन तथा अन्तर्वार्ता तयारी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। पोखरा
शाखाबाट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका भाषा परीक्षाहरू जस्तै
आईईएलटीएस र टोफेल लगायतको स्तरीय तयारी कक्षाहरूका साथै अनुभवी
परामर्शदाताहरूबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सक्नेछन्।
पोखरा र आसपासका क्षेत्रका विद्यार्थीहरूलाई आफ्नै शहरमा अन्तर्राष्ट्रिय
स्तरको परामर्श सेवा दिने उद्देश्यले यो शाखा सञ्चालनमा ल्याइएको र यसले
विद्यार्थीहरूको विदेश अध्ययनको सपनालाई सही र सुरक्षित मार्गनिर्देशन गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।

Facebook Comments