मालेपाटनमा भारतीय टायल तथा मार्वल निट्को नयाँ शोरुम
भारतीय टायल तथा मार्वल निट्को (NITCO) नयाँ शोरुम पोखरा-५, मालेपाटनमा सञ्चालनमा आएको छ । युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुवेदी र डिल्लीराम पौडेलले भारतीय टायल तथा मार्वल कम्पनी निट्को पोखरा ल्याएका हुन् ।
पोखरामा एक दशक अगाडिदेखि निर्माण सामग्रीको व्यवसाय सञ्चालन गर्दै आएको ओम लक्ष्मी ट्रेडर्स उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।
शोरुमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र निट्का महाप्रबन्धक धर्मेन्द्रकुमार ठाकुरले उद्घाटन गरे ।
अध्यक्ष कार्कीले कम्पनीका उत्पादन गुणस्तरीय र भरपर्दा रहेको बताउँदै पोखरामा युवा व्यवसायीले शोरुम सञ्चालनमा ल्याएको खुसी व्यक्त गरे ।
कम्पनीका महाप्रबन्धक धर्मेन्द्र ठाकुरले आंफ्नो कम्पनीले ७० वर्षदेखि गुणस्तरीय मार्बल र टायलको बिक्री वितरण गर्दै आएको जानकारी गराए । उनले भारतमा ३ सय ८० बटा बिक्री कक्ष रहे तापनि नेपालमा हालसम्म काठमाडौँपछि पोखरा गरी दुई मात्र बिक्री कक्ष संचालनमा रहेकाले बिस्तारै अन्य स्थानमा पनि सञ्चालनमा ल्याइने बताए ।
कार्यक्रममा निट्को टायल कम्पनीका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवयर एसोसिअसनका सल्लाहकार रामचन्द्र थापा, ओमलक्ष्मी इन्टरप्राइजेजका सञ्चालक एकनारायण सुवेदी, डिल्लीराम पौडेल लगाएतले आफ्ना धारणा राखेका थिए ।
संचालक मनोज अधिकारीले शोरुम स्थापनाका लागि करिब ४ करोड ५० लाख रुपैयाको लगानी गरेको बताउँदै नयाँ शोरुममार्फत ग्राहकलाई गुणस्तरीय टायल, मार्बल तथा निर्माण सामग्री सहज, विश्वसनीय र प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने बताए ।
