पुतलीबजार प्रज्ञा सम्मानबाट तीन प्रतिभा सम्मानित
पुतलीबजार प्रज्ञा–प्रतिष्ठान स्याङ्जाले कला, साहित्य तथा संगीतको श्रीवृद्धिमा योगदान पु¥याएका तीन स्रष्टालाई पुतलीबजार प्रज्ञा–सम्मान अर्पण गरेको छ ।
प्रतिष्ठानले पुतलीबजार नगरपालिकामा सम्मान समारोहको आयोजना गरी पुतलीबजार–३ का कवि अनन्त श्रेष्ठ, पुतलीबजार–७ का समालोचक असफल गौतम र पुतलीबजार–१४ की लघुकथाकार लक्ष्मी रेग्मी खनाललाई जनही २० हजार नगद, सम्मानपत्र र दोसल्लासहित प्रज्ञा–सम्मान गरेको हो ।
प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह बाबा र सदस्य–सचिव बाबुराम बरालले सम्मान अर्पण गरे ।
प्रमुख अतिथि तुलसीराम रेग्मीले प्रज्ञा-प्रतिष्ठान स्थापनाकालदेखि स्रष्टा र सिर्जना कर्मको सम्मानमा नगरपालिका लाग्दै आएको र निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले सम्मानित प्रतिभाको परिचय प्रस्तुत गर्दै पुतलीबजारको साहित्यिक तथा पर्यटकीय श्रीवृद्धिमा श्रेष्ठ, लघुकथाको विधागत र नारी लेखनको सशक्तिकरणमा खनाल र सिर्जनशीलतामाथिको टिप्पणी तथा समालोचनामा गौतमको व्यक्तित्व सम्मानलायक रहेको बताए ।
धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले स्रष्टाहरूको सम्मान नेपाली भाषा, कला साहित्य र संस्कृतिको संरक्षण रहेको बताए ।
आनन्द आश्रम स्याङ्जाका संस्थापक तथा पूर्व मन्त्री त्रिलोचन ढकालले यस्ता कार्यक्रमले नेपाली साहित्यको श्रीवृद्धि र स्रष्टाको सिर्जनशीलतामा इटा थप्न सार्थक रहने बताए ।
प्रतिष्ठानका सदस्य-सचिव बाबुराम बरालले हरेक वर्ष कला, साहित्य तथा संगीत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने फरक–फरक विधाका स्रष्टालाई सम्मान गर्ने क्रममा यसपटक कवि, कथाकार र समालोचक व्यक्तित्वलाई छनौट गरिएको जानकारी गराए ।
प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाहले प्रतिष्ठानले स्थापनाकालदेखि नेपाली साहित्यको श्रीवृद्धिका लागि रचनात्मक कार्यक्रमसहित स्रष्टा सम्मान गर्दै आएको बताए ।
सम्मानित व्यक्तित्व समालोचक असफल गौतमले प्रतिष्ठानले पछिल्लो पुस्तामाथि राखेको भरोसा र गरेको विश्वासलाई जोगाइराख्न सिर्जनात्मक यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
अर्का सम्मानित व्यक्तित्व अनन्तकुमार श्रेष्ठले सम्मानले साहित्यिक क्षेत्रमा थप ऊर्जा मिलेको धारणा राखे । सम्मानित लक्ष्मी रेग्मी खनालले छोरीका लागि माइतीदेशमा पाएको सम्मान अविस्मरणीय रहेको बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ सदस्यहरू हिमलाल पुरी, रामबहादुर परियार, मञ्जु थापा, राजेन्द्र श्रेष्ठलगायतले साहित्य, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा प्रतिष्ठानका कार्यक्रमले उल्लेख्य योगदान पु¥याउँदै आएको धारणा राखे ।
कार्यक्रममा कविहरू चिन्तु गिरी, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी काफ्ले, सूर्यप्रसाद खनाल, मोतीप्रसाद अधिकारी, राजेन्द्र थापा, चण्डीप्रसाद सुवेदी, पुष्पराज अधिकारी, अदिती गैरे, सुशान्त रेग्मी, भेनाज वेगम, प्रकाश खनाललगायतले रचनावाचन गरेका थिए ।
शोभा बस्यालले सञ्चालन गरेको कार्यक्रम प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
