राष्ट्रिय मानवअधिकार आयोगको जेन्जी आन्दोलन प्रतिवेदन सार्वजनिक
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो ।
आयोगको प्रतिवेदनले राज्यले पर्याप्त मात्रामा स्रोत साधनहरू सुरक्षाकर्मीलाई उपलब्ध नगराउँदा ठूलो क्षति भएको औंल्याएको छ । आयोगले स्रोत साधन नहुँदा प्रहरी आफैं ज्यान जोगाउन भाग्नु परेको उल्लेख गरेको छ । प्रतिवेदनमा प्रदर्शनकारीले लाठी, तीर, गुलेली समेत प्रयोग गरी संसद भवनको पर्खाल फोडफोड गरेको उल्लेख गरेको छ ।
फिल्डमा खटिएका प्रहरीलाई ढाल, हेल्मेट, बुलेटप्रुफ भेस्ट, बुलेटप्रुफ सवारी जस्ता आत्मसुरक्षाका उपकरण आवश्यक मात्रामा उलपब्ध नभएको प्रतिवेदनले औल्याएको छ । पर्याप्त स्रोत साधन नहुँदा र सुरक्षाकर्मीबाटसमेत सावधानीपूर्वक हातहतियारको प्रयोग र नियन्त्रण हुन नसकेको आयोगकको ठम्याई देखिन्छ ।
पूरा प्रतिवेदनका लागि यो लिंक कपी तथा क्लिक गर्नुहोस् :
https://drive.google.com/file/d/1SgYa-FevCQwGUFH9F4bHOSQQvT8UzqLn/view
