FRIDAY APR 24, 2026

पोखराको पस्यार्ङमा सोनालिका ट्याक्टरको सोरुम शुभारम्भ

भारतको विश्व विख्यात सोनालिका ट्याक्टरको आधिकारिक बिक्री कक्ष पोखरा-५, पर्स्याङ्मा शुरु भएको छ । गण्डकी प्रदेश कार्यालयका रूपमा न्यूपोखरा मल्टि ट्रेडर्सले उक्त सेवा शुभारम्भ गरेको हो ।

खेतको राजा, सडकको बादशाहसहित सार्वजनिक भएको सोनालिकाका विभिन्न मोडलका ट्याक्टर बिक्रीका लागि राखिएको सञ्चालक राजकुमार पौडेलले जानकारी दिए ।

डिजेलबाट चल्ने सो ट्याक्टर खेत जोत्नका साथै विभिन्न सामाग्रीको डेलिभरी गर्न राम्रो भारवहन क्षमता र सन्तुलित भएको सेल्स म्यानेजर नवराज पौडेलले बताए ।

शुभारम्भ कै दिन केही ट्याक्टर बिक्री र बुकिङसमेत भएका छन् । पोखरा, महेन्द्र गुफाका बलराम सुनारलाई प्रा लिका संचालक राजकुमार पौडेल, दीपक पौडेल, भानु मेसिनरीका सुदीपराज कोईराला, व्यवसायी अशोक केसी, रामचन्द्र पौडेल, लक्षिन खत्री र सेल्स म्यानेजर नरेश पौडेलले चावी हस्तान्तरण गरे । पोखरामा ४० को दशकमा भानु मेसिनरीले पहिलो पटक ट्याक्टर भित्र्याएर बिक्री गरेको थियो । दुई दशकदेखि यही व्यवसायमा संलग्न राजकुमार पौडेल र दीपक पौडेलले सो बिक्री कक्ष संचालनमा ल्याएका हुन् ।

कक्षमा सोनालिका ब्रान्डमा १५ एच पि देखि १२५ एच पिसम्मका टु ह्विल र फोर ह्विल ड्राइभका ट्याक्टर उपलब्ध रहेको अर्का संचालक दीपक पौडेलले जानकारी दिए । नेपालमा सबैभन्दा बढी बिक्री हुँदै आइरहेको सोनालिका ट्याक्टरलाई गण्डकी प्रदेशमासमेत सर्वोत्कृष्ट बनाउने लक्ष्य राखिएको प्रालिले जनाएको छ ।

इन्टरनेसनल ट्याक्टर्स लिमिटेडले उत्पादन गर्ने सोनालिका ट्याक्टर नेपाली बजारमा निकै लोकप्रिय मानिन्छन् ।

Facebook Comments