TUESDAY APR 21, 2026

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै विशिष्ट पहिचान हो : संयोजक प्रकाशलाल श्रेष्ठ

२५ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।

हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनका दिन बृहत् झाँकी र्याली निकालिने र उक्त र्यालीले विभिन्न जातजाति र समुदायको अपनत्व देखाउने झाँकी-र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन् ।

“हरेक वर्ष लेखनाथ महोत्सवमा निकालिने बृहत् झाँकी र्यालीले एकातर्फ यस क्षेत्रका समुदायको अर्कातर्फ महोत्सवले मौलिक रहनसहन, रीतिरिवाज र संस्कार–संस्कृतिकोसमेत जर्गेना गर्छ” संयोजक श्रेष्ठले भने । महोत्सवमा देखाइने झाँकी र र्यालीतर्फ छुट्टाछुट्टै पुरस्कृतसमेत गरिने भएको छ ।

झाँकीतर्फ प्रथम, द्वितीय , तृतीय र सान्त्वनालाई क्रमशः नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ  । र्यालीतर्फ क्रमशः नगद रु १५ हजार, १० हजार, ५ हजार र सान्त्वना १० समूहलाई नगद रु २ हजार प्रदान गरिनेछ । झाँकी र्यालीमा सहभागी हुन चाहने समूहले मंसिर २८ गतेभित्र आफ्नो दर्ता गराईसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधन, कृषि तथा पशुजन्य वस्तु, विद्यालयस्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका कार्यक्रम समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, संस्कृतिको जगेर्ना, आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिइन् ।

Facebook Comments