तीन करोड रुपैयाँसम्मको घरजग्गा कारोबारमा कम्पनी नचाहिने
२८ असोज, काठमाडौं । सरकारले तीन करोड रुपैयाँसम्मको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता गर्न नपर्ने व्यवस्था गरेको छ ।
सरकारले मालपोत ऐनमा जग्गा कारोबार गर्दा कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था गरेको र ऐन कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो ।
राजपत्र अनुसार घरजग्गा कारोबार सीमा एक पटकमा तीन करोडभन्दा धेरैको कारोबार गर्न मात्र कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।
Facebook Comments
