पत्रकार पौडेललाई मातृशोक

पत्रकार शिशिर पौडेललाई मातृशोक परेको छ ।
उनकी आमा सरस्वती पौडेलको ७३ वर्षको उमेरमा शुक्रबार दिउँसो १ बजे पोखरा लामाचौरस्थित गैह्राबारीमा निधन भएको हो । पौडेल परिवारको स्थायी बसोबास भने पोखरा–१९, घार्मीको हो ।
फोक्सोसम्बन्धी समस्या देखिएपछि विभिन्न अस्पतालमा पुगेर उपचार गरिएकोमा पछिल्लो समय घरमै आराम गरिरहेकी थिइन् ।
पौडेलका श्रीराम पौडेल, शिशिर पौडेल र छोरी लक्ष्मी बराल छन् । साथै ५ नाति र १ नातिनीकी हजुरआमा बनेकी उनका पति गंगाराम पौडेलको २०६० सालमै स्वर्गारोहण भएको थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्यसमेत रहेका पत्रकार शिशिर पौडेल स्वतन्त्र पत्रकार संघ कास्कीका सहसचिवसमेत हुन् ।
Facebook Comments