MONDAY OCT 13, 2025

धवलागिरीमा प्रतिभा प्रस्फुटन

८ भाद्र, पोखरा । पोखरा २५ हेमजामा रहेको धवलागिरी बोडिङ्ग स्कुलले विद्याथी प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा ४ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा ७२ समूहले प्रतिभा प्रस्तुत गरेको शिक्षक बाबुराम पौडेलले जानकारी दिए ।
कार्यक्रम कक्षा ४–५, कक्षा ६–७, कक्षा ८–९ तथा कक्षा १०–१२ गरी चार समूहमा सम्पन्न भएको थियो । कार्यक्रममा अञ्जली सुनार, माधवी पौडेल, एकल बुढाथोकी र रेश्मा सुनार प्रथम, आरुषा नेपाली, विमिशा खड्का, शिवानी विक, एलिना÷जस्ता सुनार र समीक्षा विक द्वितीय, अंशु कुँवर÷समृद्धि परियार, सकृया विक, कञ्चन कुवंर र दिपिशा नेपाली तृतीय र अनुश्का छेत्री÷समीक्षा पुन÷विपस्वी साकोटा, अमिसा कुवर÷आकांक्षा वि.क, कृषा गुरुङले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

उनीहरूले नेपाली कला र संस्कृति झल्कने नृत्य तथा गीत, कविता प्रर्दशन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक शिवबहादुर रेग्मीले नेपाली कला र संस्कृति विश्वमा नै लोकप्रिय रहेको बताउँदै, यसको जर्गेना र संरक्षण गर्ने दायित्व हामी सबैको भएको बताए ।

विद्यालयका सहायक प्रअ चन्द्रकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष सुनिल गायक, शिक्षक सरस्वती भण्डारीलगायतले विद्यार्थीको प्रतिभाको मूल्याङ्कन गर्दै कलाको कुनै सीमा नहुने बताए ।

कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त विभाग प्रमुख कमलबहादुर अधिकारीले गरेका थिए ।

Facebook Comments