चर्चित गायक पशुपति शर्मा सवार कार दुर्घटनामा

चर्चित गायक पशुपति शर्मा सवार रहेको कार बुधबार दिउँसो दुर्घटनामा परेको छ ।
ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेका अनुसार कारमा सवार चार जनालाई सामान्य चोट लागेको छ ।
गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको र कारमा सामान्य क्षति पुगेको जनाइएको छ ।
गायक शर्मा सांगीतिक कार्यक्रमका लागि आफ्नो गृह जिल्ला आउने क्रममा उक्त दुर्घटना भएको हो ।
Facebook Comments