MONDAY OCT 13, 2025

सिन्धुलीको हायू परिवार आफ्नै गाउँ फर्के

१९ साउन, पोखरा 

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बाट ११ दिन अघि पोखरा आइपुगेका अल्पसंख्यक सीमान्तकृत हायू परिवार सोमवार आफ्नै गाउँ फर्केका छन् ।

पोखरा आइपुगेपछि पोखरामै बस्ने बताएका उनीहरूलाई कहाँ कसरी उपयुक्त व्यवस्थापन गर्न सकिन्छ भनेर महानगरले छलफल थालेको थियोे ।

गोलन्जोर-६ का वडाध्यक्ष रवीन श्रेष्ठले सम्झाइबुझाइ गरेर उनीहरूका समस्या समाधान गरिदिने, बसोबास गर्दै आएको घरको सट्टामा अर्को घर व्यवस्थापन गरिदिने भएपछि उनीहरू घर फर्कन राजी भएका हुन् ।

१९ जनाको हायू परिवारलाई प्रहरीसमेतको राहेबरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र वडा ३० का वडाध्यक्षलगायतले पोखरा–३० गोगनगौँडामा बस्दै आएको गोविन्दप्रसाद भण्डारीको घरबाट उनीहरूलाई बिदाई गरेका हुन् ।

गोलन्जोर–६ स्थित आफ्नो घरमा बस्दा परिवारलाई नै क्षति भएको भन्दै त्यहाँबाट हिँडेको उनीहरूले कसैलाई जानकारी नगराई, बाख्रा, भैसीसमेत घरमै छाडेर सर्म्पकविहीन भएका थिए ।

Facebook Comments