MONDAY OCT 13, 2025

सिटीवान टेलिभिजनको तीज मेलाको तयारी तीव्र

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेशस्तरीय तीजगीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ ।

तीजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेशस्तरीय खुला तीजगीत प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने जनाइएको छ ।
कार्यक्रमा गण्डकी प्रदेशका झण्डै एक सय टिमको सहभागिता रहने टेलिभिजनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चिनु गुरुङ्गले जानकारी दिइन् ।

यससंस्करणमा स्कुलका विद्यार्थीलाई तीज सस्कृतिबारे जानकारी दिने उद्देश्यले विद्यार्थी समूहलाई पनि सहभागिता गराउने लक्ष्य रहेको संयोजक गुरुङको भनाइ रहेको छ ।

कार्यक्रम सम्पन्न गर्न करिव १६ लाख ५० हजार लाग्ने र कार्यक्रममा जिल्ला बाहिरबाट आउने समूहलाई यातायात खर्चकोसमेत व्यवस्था गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम द्वितिय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५०, ३०, २० र १० हजार नगद पुरस्कार पाउने छन् । यस्तै, उत्कृष्ट शव्द, नृत्य र भेषभुषालाईसमेत आर्कषक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीले तीजको सांस्कृतिक महत्त्व, कला, महिला हिसां, पर्यटन प्रर्वदन, सामाजिक क्षेत्र, सरसफाइ, वैदेशिक रोजगार, कृषि तथा उद्यमशीलता, वन तथा वातावरण, लागूपदार्थ दुव्र्यसनी, विद्यार्थी र तीज जस्ता विषयमा केन्द्रित रहेर प्रस्तुती दिनु पर्ने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा विभिन्न व्यावसायिक र सामाजिक संघ सस्थाका जानकारीमूलक १५ वटा स्टल र महिला लक्षित विशेष हेल्थ क्याम्प पनि सञ्चालन हुने टेलिभिजनका अध्यक्ष पवन प्रजापति बताउँछन् ।

कार्यक्रमको सिटीवान टेलिभिजन र टेलिभिजनका सबै डिजिटल प्लेफर्मबाट एकैसाथ प्रत्यक्ष प्रसारणसमेत हुने जनाएको छ ।

Facebook Comments