SUNDAY AUG 23, 2026

ठूलाडिहीवासी ७० जनाको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण

पुतलीबजार नगरपालिका-७, ठूलाडिही, स्याङ्जा घर भई हाल पोखरामा बसोबास गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ७० जनाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा  सूचीकरण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ।

ठूलाडिही-पोखरा सम्पर्क मञ्चको आयोजनामा पुतलीबजार नगरपालिका-७ ठूलाडिही वडा कार्यालयको सहयोगमा पोखरा महानगरपालिका- १७, वडा कार्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका-७ का वडाध्यक्ष कृष्णबहादुर आले,  वडा सचिव नारायणबहादुर थापा, कम्प्युटर सहायक रामचन्द्र रेग्मी तथा पोखरा महानगरपालिका-१७ की वडाध्यक्ष राधिका शाहीले सहजीकरणमा सहयोग पुर्याएका थिए।

कार्यक्रम सफल बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै अध्यक्ष दुर्गाबहादुर शाह बाबाले अघिल्लो वर्षपछि संस्थाले यसरी नै सेवा उपलब्ध गराएको र आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन पहल गर्ने जानकारी गराए ।

Facebook Comments