१६ वर्षपछि स्पेन विश्वकपको उपाधिका लागि भिड्दै
स्पेन र अर्जेन्टिना विश्वकप-२०२६ को उपाधिका लागि भिड्ने भएका छन् ।
अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधिका लागि भिड्ने अवसर जुराएको हो । सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
अब अर्जेन्टिना र स्पेन बीच फाइनल खेल जुलाई २० सोमबार बिहान अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा हुनेछ । यस्तै तेस्रो स्थानको लागि आइतबार बिहान फ्रान्स र इंग्ल्यान्ड बीच खेल हुनेछ ।
अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३-०, अस्ट्रियालाई २-० र जोर्डनलाई ३–१ ले हराएको थियो भने क्वाटरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दे लगातार दोस्रो पटक सेमिफाइनल पुगेको थियो ।
सन् २०१० को विजेता स्पेनले १६ वर्षपछि विश्वकपमा फाइनलमा स्थान बनाएको छ । पहिलो खेल नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएर पहिलो जित हात पार्यो । त्यसपछि समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन आफ्नो समूहको विजेता बनेको थियो । स्पेनले राउण्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले सहजे पराजित गरेको थियो भने प्रिक्वाटरफाइनलमा छिमेकी पोर्चुगललाई १-० ले पराजित गर्यो ।
