WEDNESDAY JUN 24, 2026

माछापुच्छ्रे गाउँपालिकाको गाउँसभा सम्पन्न

माछापुच्छ्रे गाउँपालिकाको १९ गाउँसभा अधिवेशन बुधवार सम्पन्न भएको छ ।

गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेकी थिइन् । सभामा अधिकारीले ७० करोड ४६ लाख ७० हजारको बजेट पेश गरिन् ।

कुल बजेटमध्ये आर्थिक विकासतर्फ ३ करोड १४ लाख ९३ हजार, सामाजिक विकासतर्फ ३३ करोड ९३ लाख ९२ हजार रहेको अधिकारीले जानकारी गराइन् ।

यस्तै, पूर्वाधार विकासतर्फ १५ करोड ९५ लाख ९२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ करोड ६० लाख ६० हजार बजेट विनियोजना गरिएको छ ।

गाउँपालिका कार्यालय तथा मातहत कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि ११ करोड ८० लाख ३० हजार बजेट विनियोजना गरिएको छ ।

सभाले माछापुच्छ्रे गाउँपालिका भित्रका जनताको साझेदारीमा माछापुच्छेको तागन जनताको लागत उद्घोषलाई सार्थक पार्न ९० लाख विनियोजन गरेको छ ।

Facebook Comments