नवनिर्वाचित आत्रेय र ओझालाई लेउवा संघको बधाई
नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं निर्वाचनबाट कार्यकारिणी सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित भएका संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई बधाई तथा सम्मान गरिएको छ ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझा केन्द्रीय कार्यकारिणी सदस्य र गण्डकी प्रदेशको कोषाध्यक्षमा निर्वाचित हुँदा लेखनाथ उद्योग वाणिज्य संघ परिवार हर्षित भएको बताइन् । अध्यक्ष पराजुलीले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यस क्षेत्रका व्यवसायीका साझा समस्यालाई केन्द्रीय तहसम्म आवाज उठाउन संघ अझै सफल हुने विश्वास व्यक्त गरेकी गरिन् ।
महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरीले लेखनाथवासीको एकताले यो सफलता मिलेको बताउँदै आगामी दिनमा अझै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण पराजुलीले आत्रेय र ओझाको विजय लेखनाथवासीको मात्र जित नभई सम्पूर्ण उद्योगी व्यवसायीको जित भएको बताउँदै सोही बमोजिमको जिम्मेवारी निभाउन आग्रह गरे ।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण पराजुलीले आत्रेय र ओझाको विजय लेखनाथवासीको मात्र जित नभई सम्पूर्ण उद्योगी व्यवसायीको जित भएको बताउँदै सोही बमोजिमको जिम्मेवारी निभाउन आग्रह गरे ।
गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा नवनिर्वाचित संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले संघमा आवद्ध सम्पूर्ण उद्योगी व्यवसायीको साथ र सद्भावले निर्वाचित हुन सफल भएको बताए ।
महासंघको कार्यकारिणी सदस्य पदमा निर्वाचित संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले निर्वाचनमा संघले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै संघमा आवद्ध व्यवसायीको एकता नै शक्ति बनेको धारणा राखे ।
कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले गरेका थिए ।
Facebook Comments
