THURSDAY APR 30, 2026

२१ औं लेखनाथ महोत्सवका लागि दिनहुँ छलफल

२२ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारेको छ ।

महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मूल समारोह समिति गठन गरी विभिन्न उपसमितिसँगको छलफललाई तीव्रता दिइएको छ ।

कार्य सम्पादन, सुरक्षा व्यवस्थापन, सहकारी संस्था समन्वय, विद्यालयस्तरीय कार्यक्रम, झाँकी र्याली व्यवस्थापन, युवा परिचालन तथा पार्किङ व्यवस्थापन, टोल विकास संस्था समन्वय, महोत्सव सुपरिवेक्षण उपसमितिसँग छलफल तथा अन्तक्र्रिया गरिएको र महोत्सव सफल बनाउने विषयमा आआफनातर्फबाट खटेर लाग्ने प्रतिबद्धता व्यक्त भएको संघकी अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुलीले बताइन् ।

महोत्सवबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने महोत्सवका प्रचार प्रसार समितिका संयोजक ध्रुबवावु भट्टराईले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्याँसले मुख्य प्रायोजन गरेको छ । महोत्सवको सह–प्रायोजकमा बिएलसि गु्रपको नर्भिक हस्पिटल, पशुपति बिस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए । महोत्सवमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भइसकेका जनाइएको छ ।

Facebook Comments