WEDNESDAY MAY 13, 2026

तनहुँका थापाद्वारा आर्थिक सहयोग याचना

२२ मंसिर, पोखरा । नौ महिनादेखि उपचाररत तनहुँका बोन म्यारो पीडित पदम थापाले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

म्याग्दे गाउँपालिका-५ सिस्नेरी निवासी बोन म्यारो रोगबाट ग्रसित उनले नेपालका विभिन्न अस्पतालमा उपचार गराउने क्रममा भएको चल अचल सम्पत्ति सबै खर्च भएको बताउँदै आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।
हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत थापालाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएकाले रकम जुटाउन समस्या भएपछि यसरी सहयोग गर्न अनुरोध गरिएको थापा परिवारले जनाएको छ ।

सहयोग जुटेमा थापाले नयाँ जीवन पाउने भन्दै उनका परिवारले सहयोगको अपेक्षासहित पोखराको नयाँ बजारमा रहेको माछापुच्छ्रे बैंकमा पदम थापाको नाममा खातासमेत संचालन गरेका छन् । उनी १२ वर्षदेखि बतास अर्गनाइजेसनको त्रिथुङ्गा ट्रेडिङ प्रालि, नयाँबजारमा बजार प्रतिनिधिका रूपमा कार्यरत रहेका छन् ।

Facebook Comments