SATURDAY DEC 06, 2025

पोखरा लेडी जेसीज अध्यक्षमा सुनिता गौतम भण्डारी निर्वाचित

९ मंसिर, पोखरा । पोखरा लेडी जेसीजको ३२ औ शाखा अधिवेशन तथा ३७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अधिवेशनले जेसीज वर्ष २०२६ का लागि जेसी सुनिता गौतम भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

जेसीजको कार्यकारिणी उपाध्यक्षमा जेसी विनिता के.सी, उपाध्यक्षमा जेसी मेलिना गुरुङ, जेसी शारदा लामिछाने, जेसी डा. नमिता अधिकारी र जेसी सन्तोषी अर्याल निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा जेसी सिर्जना आले (इसा), कोषाध्यक्षमा जेसी रेजिना कटुवाल र कानूनी सल्लाहकारमा जेसी नन्दकुमारी ढुंगाना निर्वाचित भए । वर्ष २०२६ का लागि जेसी बविता के.सी., जेसी साबित्री पराजुली, जेसी एलिसा भुजेल र जेसी अस्मिता पौडेल निर्देशकमा निर्वाचित भएका छन् ।

समारोहमा अग्रज जेसी पदाधिकारी तथा निर्देशकले निर्वाचित पदाधिकारीलाई लेडी जेसीजको गौरव र गरिमालाई उचो बनाउने गरी वर्ष २०२६ लाई  अगाडि बढाउन सुझावसहित कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Facebook Comments