लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
९ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले यही पुष ३ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेकोे छ ।
पहिलो चरणमा संघका सदस्यका लागि लक्षित गरी मंसिर ८ गतेबाट स्टल बुकिङ खुला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीका लागि मंसिर १५ गतेबाट स्टल बुकिङ खुला गरिने जनाइएको छ ।
“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइने र स्वदेशी उत्पादनको प्रर्वद्धनको लागि मेड ईन नेपाल अन्र्तगत केही स्टलको व्यवस्थापन गरिने संयोजक थापाले जानकारी दिए ।
वि. स. २०६१ देखि अनवरत रूपमा सञ्चालन हुदै आइरहेको महोत्सवले शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउने, आन्तरिक एंव बाह्य पर्यटनलाई सहयोग पु¥याउने प्रचारप्रसार समितिका संयोजक ध्रुबवावु भटृराईले बताए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँसले मुख्य प्रायोजन गरेको छ ।
महोत्सवको सह–प्रायोजकमा बिएलसि गु्रप, नर्भिक हस्पिटल, पशुपति बिस्कुट, हेटौडा डेरी, प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।
