SATURDAY DEC 06, 2025

सामसङको ग्यालेक्सी ट्याब ए ११ सार्वजनिक

५ मंसिर, काठमाडौँ । सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ट्याब ए११ सार्वजनिक गरेको छ ।

८.७ इन्चको स्क्रिन रहेको ग्यालेक्सी ट्याब ए११ ले चलचित्र, खेलकुद तथा अनलाइन कक्षाका लागि उज्यालो, स्पष्ट र आकर्षक दृश्य प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा प्रयोग गरिएको हेलियो जि–९९ प्रोसेसरले मल्छिफङसन सहज बनाउने, एप परिवर्तन छिटो र अनलाइन स्ट्रिमिङलाई ढिलाइबिना सञ्चालन गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

हल्का, पातलो र सहज रूपमा बोक्न मिल्ने डिजाइनमा तयार गरिएको यो ट्याबमा  ५१ सय एमएएच क्षमताको ब्याट्रीले दिनभर अवरोधरहित प्रयोगको सुविधा दिने कम्पनीको दावी रहेको छ ।

सामसङले ग्यालेक्सी ट्याब ए११ मा ७ वर्षसम्म अपग्रेड तथा ७ वर्ष सुरक्षा अपग्रेड दिने घोषणा गरेको छ । यसले उपकरणलाई दीर्घकालीन रूपमा सुरक्षित र प्रयोगयोग्य बनाउनेमा विश्वास बढ्दो छ ।

देशभरका अधिकृत सामसङ स्टोर तथा खुद्रा विक्रेतामार्फत उपलब्ध ग्यालेक्सी ट्याब ए११  एलटीई भेरियन्ट ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको मूल्य ३० हजार ९९९ रहेको र वाइफाइ भेरियन्ट ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज १९ हजार ४९९ रहेको कम्पनीले जनाएको छ ।

Facebook Comments