ओमकारेश्वमा छरियो शतवीज
पोखरा महानगरपालिका-१९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।रूद्री पूजा गरिसकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भए पनि बिहानैदेखि भक्तजनको भिड लागेको स्थानीय प्रेमबहादुर जिसीले जानकारी दिए । स्थानीय नारायणप्रसाद पौडेलको घरबाट विधिपूर्वक पूजा आजा गरि निकालिएको फुलको डोली बाजा गाजा र भजन किर्तनसहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याइएको थियो । सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला,कुरेचौर,हरिपाउँ,पुरन्चौ
पछिल्लो समयमा विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए ।शतबीज छर्नाले भगवान् शिवजी खुसी हुने र अर्को जुनीको लागि खेती हुने भएकाले यसको धार्मिक र शास्त्रीय महत्व रहेकोे पण्डित गुरुदत्त लामिछानेले बताए ।शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वाससमेत रहेको स्थानीय अनिता बराल पौडेलले बताईन् ।।
यसैबिच पोखरा-१६ घार्मीखोलास्थित सर्वेश्वर शिव मन्दिरमा पनि धुमधामका साथ बालाचर्तुदशी पर्व मनाईएको छ । मन्दिर स्थापना भएपछि पहिलो पटक आयोजित धार्मिक कार्यक्रममा सहभागि भक्तजनले आफ्ना दिवंगत पितृको सम्झनामा सतबीज छरेको पण्डित प्रकाश भट्टराइले जानकारी दिए ।
