हर्क साम्पाङको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता
१६ कार्तिक, पोखरा । हर्क साम्पाङको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटोको ढिस्को राखिएको जनाइएको छ ।
पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन्।
साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएकामा आइतवारआयोगले साम्पाङलाई पार्टी दर्ताको प्रमाणपत्र दिएको हो ।
Facebook Comments
