MONDAY OCT 13, 2025

देशभर कर्फ्यू : बुधवार साँझ ५ बजेसम्म निषेधाज्ञा, बिहीवार बिहान ६ बजेसम्म कर्फ्यू

२५ भदौ, पोखरा । सनकी शासकको सनकका कारण जेनजी आन्दोलनमा दर्जनौँ युवा राज्यबाट मारिएसँगै व्यवस्था पतन भएपछि देश नेतृत्वविहिन अवस्था छ ।
नेपाली सेनाले मंगलवार राती १० बजेदेखि देशको सुरक्षाको जिम्मा लिएसँगै स्थितिलाई नियन्त्रण बाहिर जान नदिन बुधवार नेपाली सेनाले बुधबार बेलुकीसम्म निषेधाज्ञा जारी गरेको छ।

बुधवार बिहान जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै बेलुकी ५ बजेसम्मलाई निषेधाज्ञा र त्यसपछि बिहीवार बिहान ६ बजेसम्मलाई कर्फ्यू आदेश जारी रहने जनाएको छ।

निषेधाज्ञा तथा कर्फ्यूको समयमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य नचलाउन पनि सेनाले अनुरोध गरेको छ। एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरूमात्रै सञ्चालन हुन सक्नेछन्।

त्यस्तै सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ।

नेपाली सेनाले अवकाश प्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अफवाहको पछि नलाग्न र आधिकारिक सूचनाको मात्रै सम्प्रेषण गर्न अनुरोध गरेको छ।

Facebook Comments