‘भर्चुअल प्राइभेट नेटवर्क प्रयोग नगर’

२२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आइतवार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न र नगराउन अनुरोध गरेको हो ।
सामाजिक सञ्जालहरू ट्वीटर (एक्स) र वीच्याटले सूचीकरणका लागि जानकारी माग गरेकोमा सो विवरण उपलब्ध गराइएको मन्त्रालयले जानकारी गराएको छ ।
२२ भदौसम्म स्मार्ट आइडिया प्रालि हाम्रो पात्रो र ग्लोबल डायरी प्रालि सूचीकरण भएको जानकारी पनि मन्त्रालयले गराएको छ ।
Facebook Comments