MONDAY OCT 13, 2025

पुम्दी–भुम्दी पर्वतीय दौडको हस्पिटल पार्टनरमा ‘नमस्ते’

१५ भदौ, पोखरा । विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगितामा पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ ।

पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रमलाई सफल पार्न हस्पिटल पाट्र्नरका रूपमा सहयोग गर्ने गरी सम्झौता भएको छ ।

हस्पिटलका मेट्रोन एलिना सिंह र प्रतियोगिता संयोजक दीननाथ बराल बीच भएको सम्झौता अनुसार असोज ४ गते प्रतियोगिता अवधिभर अस्पतालले एम्बुलेन्स र स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ ।

पोखरामा करिब १४ वर्ष अघि स्थापना भएको नमस्ते हस्पिटल केही समय अघिदेखि पोखराको मुस्ताङचोक पार्दीमार्गमा आफ्नै अध्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिँदै आएको हस्पिटलका प्रबन्ध निर्देशक मदनकुमार रंजितकार बताउँछन् ।

हरिस्पटलले २४ घण्टा विषेशज्ञ चिकित्सकसहित ओपीडी, ओटी, वार्ड, आइडब्लुलगायतका सेवासहित इमर्जेन्सी तथा फार्मेसी सेवा उपलब्ध गराउँदै आएको छ ।

पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र पार्दै लागिएको आयोजक संस्थाले जनाएको छ ।

Facebook Comments