हाम्रो लघुकथा केन्द्रको विद्यालयस्तरीय लघुकथा प्रतियोगिता

१४ भाद्र काठमाडौँ । हाम्रो लघुकथा केन्द्रले उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।
केन्द्रले ललितपुर माध्यमिक विद्यालय लगनखेलमा शनिवार एक कार्यक्रमको आयोजना गरी उक्त प्रतियोगिताको पुरस्कार प्रदान गरेको हो । उपत्यका भित्रका ३१ विद्यार्थीले भाग लिएको प्रतियोगितामा दक्षिणकाली ग्रीनहिल विद्यालयका समिरजङ्ग केसी प्रथम भएका छन् ।
प्रतियोगितामा बालबिकास बोर्डिङ्ग स्कुल बुढानिलकण्ठका सुमन भण्डरी द्वितीय स्थान प्राप्त गरेका छन् । महेन्द्रग्राम माध्यमिक विद्यालय चाँगुनारायणका दुर्गा परियारले तृतीय स्थान हात पार्दा सान्त्वना पुरस्कारबाट ट्रीनिटी मा.वि काठ्माडौँका स्नेहा अधिकारी पुरस्कृत भए ।
पुरस्कृत छात्रछात्रा क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार र प्रमाणपत्र, पुस्तकसहित पुरस्कृत भए । साहित्यकार नवराज रिजालको संयोजकत्वमा रामकुमार पण्डित र तारा केसी सदस्य रहेको निर्णयक मण्डलले उक्त नतिजा सार्वजनिक गरेको हो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमममा लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइराला, ललितपुर माविका विद्यालय निर्देशक उत्तमराज त्रिपाठी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटल र यमुना प्रधानाङ्गले पुरस्कार वितरणसहित आफ्ना भनाइ राखेका थिए ।
पुरस्कार संयोजक मनोज कर्माचार्यले यस्ता कार्यक्रमममा बालबालिकालाई पुरस्कार प्रदान गर्न सधैँ तत्पर रहेको कुरा व्यक्त गरे । केन्द्रका कार्यवाहक अध्यक्ष डा शेखरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिसु श्रेष्ठ थपलिया तथा वन्दना घिमिरेको उद्घोषण र केन्द्रकी कोषाध्यक्ष सत्या अधिकारीको स्वागत मन्तव्य रहेको थियो ।