MONDAY OCT 13, 2025

‘कृषि विकासको आधार मिडिया’ गण्डकी प्रदेशका कृषि ज्ञान र पशु विज्ञ केन्द्रका योजना सार्वजनिक

९ भाद्र, पोखरा । पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताले कृषि विकासको आधार नै मिडिया भन्ने धारणा राखेका छन् ।

गण्डकी प्रदेशको कृषि तथा पशु सेवा क्षेत्रले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२/८३ का योजना र कार्यक्रमहरू सार्वजनिक समारोहका वक्ताले उक्त धारणामा जोड दिएका हुन् ।

गण्डकी प्रदेशकी कृषि मन्त्री पद्मा जीसीले सरकार र किसानबीचको सहकार्यलाई कृषि विकासको आधार बताउँदै मिडियाको खबरदारी सुशासन सुदृढीकरणको आधार भएकाले सरकारलाई खबरदारी र सुझाव दुवै खाँचो रहेको बताइन् ।

किसानलाई नयाँ कार्यक्रममा प्रस्ताव हाल्न जिल्लासम्म धाउनु पर्ने समस्या न्यूनीकरण गर्दै पालिकास्तरबाट प्रस्ताव संकलनको व्यवस्था मिलाउन पनि मन्त्री जिसीको जोड रहेको थियो ।

कार्यक्रममा कास्कीका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल–पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल र भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले आ–आफ्ना क्षेत्रगत कार्यक्रम र विनियोजित बजेटबारे जानकारी प्रस्तुत गरेका थिए ।

किसानकातर्फबाट बोल्दै शोभाखर भट्टराईले किसानमैत्री योजनाहरू प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

Facebook Comments