MONDAY OCT 13, 2025

तीज महिला स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व : प्रदेश प्रमुख

१० भदौ, पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजले महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने भएकाले छुट्टै महत्त्व बोकेको बताएका छन् ।
तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा रहेको पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरेका छन् ।
चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु शुभकामना सन्देशमा उल्लेख छ ।

Facebook Comments