MONDAY OCT 13, 2025

झलकमान गन्धर्वको हुलाक टिकट प्रकाशन गराउन ध्यानाकर्षण

५ भदौ, पोखरा । पोखरेली नवरत्न झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न सरोकारवालाले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

पोखराको बाटुलेचौरमा १९९२ सालमा जन्मिएर लोकगीत र लोकसंस्कृतिको संरक्षणमा पुुर्याएको योगदानको कदर गर्दै गन्धर्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराइएको हो ।

संस्कृतिकर्मी रामबहादुर बानियाँले टिकट प्रकाशनका लागि गरिएको अनुरो सहितको पत्र मन्त्री गुरुङलाई हस्तान्तरण गरे ।

जवाफमा मन्त्री गुरुङले गन्धर्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न आफू सकारात्मक रहेको बताउँदै केही महिना भित्रै यसको प्रक्रिया सुरु गरिने आश्वासन दिए ।

मन्त्री गुरुङलाई भेट्न संस्कृतिकर्मी बानियाँसहित पोखरा–१६ का पुर्व वडाध्यक्ष दानबहादुर बानियाँ, जीवनप्रसाद आचार्य, नेपाल गन्धर्व समुदाय विकास समाजका दिनेश गायक, सुनिल गायकलगायतका पुगेका थिए ।

राष्ट्रियस्तरका विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित भएका झलकमानका दर्जन बढी गीतहरू लोकप्रिय रहेका छन् । उनको २०६२ मंसिर ६ गते ७१ वर्षको उमेरमा निधन भएको थियो ।

Facebook Comments