MONDAY OCT 13, 2025

आख्यान र काव्य लेखनको विमर्श

१ भदौ, स्याङ्जा । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा आख्यान र काव्य  (निर्बन्ध) लेखन विषयक विमर्श सम्पन्न भएको छ ।

कार्यक्रममा निर्बन्ध लेखनमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई अभियानका संस्थापक संयोजक मिलन समीरद्वारा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा मिलन समीरद्वारा ‘मान्छेको मृत्युू’, संस्थापक अभियन्ता शम्भु अर्यालद्वारा ‘दिवस एक विद्रोह’, संस्थापक अभियन्ता वसन्त खनालद्वारा ‘तिमीले बिर्सियौ भने’, अभियन्ता पारिश्वर न्यौपानेद्वारा ‘मलाई मन पर्छ’ शीर्षकका निर्बन्ध काव्य र गुरुप्रसाद ढकालद्वारा निर्बन्ध गजल रचनावाचन गरिएको थियो ।

Facebook Comments