MONDAY OCT 13, 2025

जिल्ला समन्वय समिति डोल्पा र कास्की बीच अनुभव आदानप्रदान

१९ साउन, पोखरा । सोमवार पोखरामा जिल्ला समन्वय समिति डोल्पा र कास्की बीच अनुभव आदानप्रदान सम्पन्न भएको छ ।

असल अभ्यास, अनुभव र अन्तरक्रिया कार्यक्रममा बोल्दै डोल्पाका समन्वय प्रमुख श्यामबहादुर रोकायले कास्कीमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई डोल्पाको पर्यट्कीय स्थान शे फोक्सुण्डो ताल, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने याला काङ्गसमेतको भ्रमणका लागि सहजीकरण गरिदिन अनुरोध गरे ।

पौडेलले कास्कीका असल अभ्यासको जानकारी गराउँदै मध्यपहाडी लोकमार्गले दुई प्रदेश बीचको सम्बन्धलाई थप जोडेकाले सम्बन्ध नजिक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रम कास्की जिसस प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments