MONDAY OCT 13, 2025

रामचन्द्र ढकालको ‘घन घन मादल’ सार्वजनिक

गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले ‘घन घन मादल’ सार्वजनिक गरेका छन् ।
गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायिका शान्ति श्रीपरियार, रामचन्द्र ढकाल, लिला पौडेल र शंकर ढकालको स्वर रहेको गीतमा गायक शंकर ढकालको प्रस्तुति रहेको छ ।

गीतका लय तथा शब्द संकलन लिला पौडेलले गरेका छन् भने भिडियोको परिकल्पना र निर्देशन रामचन्द्र ढकालकै रहेको छ ।

गीतको भिडियोमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ लाहुरेको भूमिकामा देखिएका देखिएका छन् । त्यस्तै अनमोल भण्डारी, बिनु कार्की र कृष्णमाया पौडेलको अभिनयले भिडियोलाई थप आकर्षण थपेको देखिन्छ ।

‘घन घन मादल’ गीतले मौलिकताको स्वादमा रमाउने दर्शक र श्रोता माझ विशेष स्थान बनाउने विश्वास गरिएको छ ।

Facebook Comments