सिक्लेस पर्यटन व्यवस्थापन समितिमा लेखबहादुर गुरुङ

पर्यटन व्यवसायी लेखबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय सिक्लेस पर्यटन व्यवस्थापन समितिको पुर्नगठन भएको छ ।
समितिको उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिवमा बेलप्रसाद गुरुङ, कोषाध्यक्षमा नौमाया गुरुङ र सदस्यमा कोषाध्यक्ष टंकप्रसाद गुरुङ, लिलबहादुर गुरुङ, टाइमाया गुरुङ, तुलप्रसाद गुरुङ “प्रकाश“, होमन गुरुङ, दिनेश गुरुङ, रमेश बि.क., लेखप्रसाद गुरुङ र शशी गुरुङ चयन भएका छन् ।
कार्यक्रमको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजंग गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गुरुङले अन्तर्राष्ट्रिय क्षेत्रमासमेत पर्यटकीय क्षेत्रका रूपमा परिचित यस क्षेत्रमा थप पर्यटकीय गतिविधि सञ्चालन गर्न समितिले सक्रियता देखाउने विश्वास व्यक्त गरे ।
एक्याप सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्की, समाजसेवी लेखबहादुर गुरुङलगायतले नवनिर्वाचित समितिलाई पर्यटन विकासमा थप भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
कार्यक्रम क्षेत्र व्यवस्थापन समिति पार्चे मादी १ का सचिव गेहेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।