MONDAY OCT 13, 2025

इसेवा, खल्ती, फोनपेजस्ता कम्पनीको लाभांश वितरणमा कडाई

बैंक तथा वित्तीय संस्थाबाहेक अरू सबै भुक्तानीसम्बन्धी काम गर्ने संस्थाले जथाभावी लाभांश वितरण गर्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था बैंक तथा वित्तीय संस्थाबाहेकका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरेको हो ।

राष्ट्र बैंकले लाभांश वितरण गर्नुअघि अनिवार्यरूपमा विभिन्न कोषहरूमा नाफाको निश्चित हिस्सा छुट्याउन निर्देशन दिएको छ ।

राष्ट्र बैंककाअनुसार लाभांश वितरणसम्बन्धी नीति स्पष्टरूपमा तयार पारेर संस्थाको सञ्चालक समितिबाट पारित गर्नुपर्नेछ । उक्त नीतिमा नियामकीय पूँजी कायम गर्ने योजना, नगद र सेयर लाभांश वितरणसम्बन्धी रणनीति तथा अनिवार्य कोष व्यवस्थाको विवरण समावेश गर्नुपर्ने उल्लेख छ ।

संस्थाहरूले लाभांश वितरण गर्नुअघि जोखिम बहन कोष, जगेडा कोष र पू्र्वाधार विकास कोषमा रकम छुट्याउनुपर्ने, लाभांश वितरण गर्नुअघि संस्थाको वित्तीय अवस्था सबल भएको हुनुपर्ने, लाभांश घोषणा गर्न सञ्चित मुनाफा ऋणात्मक हुनु नहुने, पर्याप्त नगद मौज्दात भएको पुष्टि हुनुपर्ने र संस्थाले मुनाफा भएको आर्थिक वर्षको आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Facebook Comments