नबिल बैंकलाई उत्कृष्ट वित्तीय प्रतिवेदन गोल्ड अवार्ड

नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ ।
आइक्यानको आर्थिक वर्ष २०२३÷२४ मा प्रकाशित वार्षिक प्रतिवेदन हेर्दा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनमा बैंकलाई अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
महालेखा परीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिपबाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गरे । बैंकको उक्त वार्षिक प्रतिवेदन नेपालकातर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि मनोनित हुने जनाइएको छ ।
२५ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवाप्रदान गर्दै आएको नबिल बैंकले आर्थिक वर्ष २०२२÷२३ मा पनि उक्त अवार्ड हात पारेको थियो ।