FRIDAY APR 24, 2026

नबिल बैंकलाई उत्कृष्ट वित्तीय प्रतिवेदन गोल्ड अवार्ड

नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ ।

आइक्यानको आर्थिक वर्ष २०२३÷२४ मा प्रकाशित वार्षिक प्रतिवेदन हेर्दा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनमा बैंकलाई अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

महालेखा परीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिपबाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गरे । बैंकको उक्त वार्षिक प्रतिवेदन नेपालकातर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि मनोनित हुने जनाइएको छ ।

२५ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवाप्रदान गर्दै आएको नबिल बैंकले आर्थिक वर्ष २०२२÷२३ मा पनि उक्त अवार्ड हात पारेको थियो ।

 

Facebook Comments